खाँडाचक्र नगरपालिकामा काँग्रेसको अग्रता कायमै

सुर्खेत । कालीकोटको खाडाचक्र नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । ५ सय ६६ मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेकी तारा शाहले १८२ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् । यस्तै नेकपा एमालेका जसिप्रसाद पाण्डेले १५२ मत ल्याउँदा नेकपा समाजवादीका कमल शाहीले १५३ मत प्राप्त गरेका छन् ।

खाडाचक्रमा गठवन्धन बनाएका नेकपा समाजवादी र नेकपा माओवादी केन्द्र बाट उपमेयरमा गणेश शाही आकाश ले ३१५ तीन मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसबाट उपमेयर बनेका नेशबहादुर शाहीले ९८ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना शाहीले ६७ मत प्राप्त गरेकी छन् ।

माओवादीबाट वडा नं १ का वडाध्यक्ष बनेका धर्मराज तार्माकारले २३३ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका छत्रबहादुर शाहीले १५२, एमालेबाट विनोद शाहीले १३१ मत प्राप्त गरेका छन् ।