कालिकोट । कर्णाली राजमार्ग सञ्चालन भएको पनि झण्डै १७ वर्ष पुग्यो । जति वर्ष सडक सञ्चालनमा आयो त्यति नै वर्ष भयो कर्णालीका भरियाले भारी नपाएको पनि । कर्णालीमा १५ वर्ष देखि ४० वर्षसम्मकाले भारी बोक्ने काम गर्थे ।
कालिकोटमा साना ठुला कच्ची सडक पनि जोडिए । हाल पालिकाहरुले गाउँ गाउँका सडक खन्ने कामले निकै तीव्रता पाएको पायो । कर्णाली राजमार्ग सञ्चालन हुनुभन्दा पहिला कालिकोटका ग्रामीण भेगका मानिसहरू भरिया लगाएर गाउँ(गाउँमा सामान पुर्याउने गर्थे ।
कर्णालीमा चामल र नुनको धेरै नै अभाव हुन्थ्यो । गाँसबास कपासका लागि पनि कालिकोटका मानिसहरू अरू लागि मात्रै नभएर आफ्ना लागि पनि सुविधा सम्पन्न शहरमा सामान ल्याउन जाने गर्थे । यसका लागि कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, कैलाली कटासे, राजपुर, र दैलेख खिड्की ज्यूला लगायतका ठाउँबाट सामान ल्याएर गाउँमा पुर्याउने काम भरियाले गर्थे ।
कर्णालीमा भरिया पेशा एक मात्र सामान ओसारपसारको माध्यम थियो । मानिस सँगै कर्णालीमा खच्चरले पनि भारी भोक्ने काम गर्थे । तर, सडक सञ्जालको विकास, बढ्दो सहरीकरणले हाल भरियाहरूको रोजीरोटी संकटमा पर्दै गएको छ ।
कालिकोटमा सडकसञ्जाल आउनुभन्दा पहिला कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, कैलाली कटासे, राजपुर, र दैलेख खिड्की ज्यूला लगायतका ठाउँबाट मानिसहरूले भरिया लगाएर गाउँमा सामान लैजाने गर्थे ।
तर, अहिले केहि मात्रामा मात्रै भरिया भेटिने गरेका छन् । कालिकोटका मुख्य सडक तथा पालिकाका सडक सञ्जालहरुको ट्रयाक खोलिएपछि यात्रु र समान सहज रूपमा घरमा पुग्ने गरेका छन् । सडक सञ्जाल सञ्चालन नहुँदा तीन, चार हजारका दरले ज्याला लिन्थे भने अहिले १, २ सय मात्रै ज्याला पाउने गरेका छन् ।
कर्णाली राजमार्ग सञ्चालन हुनुभन्दा पहिलादेखि नै भरियाको काम गर्दै आएका खाडाचक्र नगरपालिका–२ का ५९ वर्षीया लल्लु विकले भारी बोकेको २० वर्ष भन्दा धेरै भयो ।
उनले कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, कैलाली कटासे, राजपुर, र दैलेख खिड्की ज्यूलाबाट कालिकोटमा धेरै भारी भोकेका छन् । जब सडकीकरण र सहरीकरणले भरिया पेशा धरापमा प¥यो त्यसपछि लल्लु भारतमा ज्याला मजदुरीको काम गर्न गए ।
उनी भन्छन्,‘पहिला शरीरमा रगत र तागत थियो भारी भोके । पछि सडक आयो सडकले हाम्रो रोजीरोटी खोस्यो । त्यसपछि भारत गए । अहिले बुढेसकाल लाग्यो भारतमा काम गर्न सकिन् फेरि जितेगडामा भारी बोक्न आएको छु । घर नजिकै भएको हुनाले जितेगडा भारी भोक्ने काम गर्छु ।
सडक पहुँच नपुग्दा साहुको भारी बोकेर जीविका चलाउथे । अहिले पनि भारी खोजेर नै भौँतारिएको हुन्छु । त्यो समयमा घरका सम्पूर्ण परिवारलाई भारी बोकेरै धानेको थिए ।,
यस्तै, लल्लु जस्तै एका बिहानै जितेगडाको जुम्ला सडक खण्डको पानीको छहरा नजिकैको केहि मात्रामा भरियाहरू देख्न सकिन्छ । सुर्खेत देखि कालिकोट आउने गाडीको प्रतिक्षामा बसेका हुन्छन् ।
बिहान केही मात्रामा मात्रै ९बोझो० भारी बोक्न पाउँछन् । भारी जिते गडा देखि लालिघाट सम्म पुराउनु पर्छ । लगभग भारी बोकेर ३० मिनेट लाग्छ जिते गडा देखि लालिघाट पुग्न ।
दिनमा पनि उनीहरूले सोचेको जस्तो भारी पाउँदैनन् । किनकि पहिला कालिकोटका पलाता, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका जाने गाडीहरू जिते गडा आइपुग्थे । जिते गडा देखि सामान लालिघाट पुराउनु पर्थ्यो । तर, अहिले कर्णाली करिडोर खुलालु–हुम्ला सडक खण्ड सञ्चालन भइसकेपछि उनीहरूले भारी कम मात्रामा पाउने गरेका हुन् ।
सुर्खेतबाट गाडी आउने प्रतीक्षामा काँधमा नाम्लो बोकेर बाटो हेरेका हुन्छन् यहाँका भरियाहरू । गाडी आएपनि फाटफुट मात्रै भारी पाउँछन् ।
यस्तै, भारी बोक्ने डोरी बोकेर गाडीको बाटो कुरेकी सान्नी त्रिवेणी गाउँपालिका–१ घर भएकी ३६ बर्सिया पदमा लुहार छोरा छोरीको गाँस र कपासका लागि भारी बोक्ने गरेको बत्ताउँछिन् । दुई छोरा र एक छोरीलाई यही भारी बोकेर नै पढाउने गरेकी छन् पदमा लुहारले ।
एक छोरा ७ कक्षा र एक छोरी ५ कक्षामा पढ्छन् । उनका श्रीमानले पनि भरियाको काम गर्छन् । जिते गडा देखि लालिघाट सम्म बोकेको भारीको मूल्य २ देखि ३ सय रुपैयाँ पाउने गरेको लुहार बताउँछिन् । कहिले काहै ठुलो भारी छ भने ५ सय सम्म पाउने गरेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘छोराछोरी पढाउनका लागि मेहलमुडिको घर छोडेर यहाँ बस्छौँ । दिनभरि भारी बोक्छौँ । साँझको बास कहाँ हुन्छ थाहा हुँदैन । कहिले लालिघाट होटेलमा बस्छौँ कहिले जिते गडा बस्छौँ । छोराछोरी पनि सेरिज्यूलाको विद्यालयमा पढ्ने गर्छन् । दिनभरि कमाएको पैसा खान र बस्नमा ठिक हुन्छ । श्रीमान् पनि यही थिए । एक महिना भयो काला पहाड भारतमा गएको । गरिबका दुख, जहाँ गए पनि दुखै त छ । मैले दिनभरि भारी बोकेर दिनमा ५ सम्म मात्रै कमाउँछु ।’
यस्तै, लामो समय भरियाको काम गर्दै आएका खाडाचक्र नगरपालिका–२ का ५६ वर्षका भस्म विकले भारी बोक्न थालेको करिब १५ वर्ष भएछ । छोराहरू कमाउने भए तर भस्मका दुख जहाँका त्यही छन् । वृद्ध अवस्थामा पनि भारी बोकेर नै श्रीमती र आफ्नो गुजार चलाउँदै आएका छन् ।
उनी भन्छन्, ‘छोराहरू कमाउने भए तर उनीहरूले हामीलाई हेर्दैनन् । त्यसैले पनि दुख नगरे मुखमा चारो पस्दैन । छोराहरू कमाउनका लागि भारत गए । आफ्नो लागि गुजार त गर्नु¥यो । दिनभरि बोकेको भारीले थकाई लाग्छ । थकाई लाग्यो भन्न पाइँदैन । आजको दिनको गुजार चलाए पनि भोलिको दिनका लागि पनि संघर्ष गर्नु नै छ ।’
साथै, जितेबजारमा कुखुरा र बङ्गुर फर्म गरेकी राजु बिकका दुख पनि उस्तै छन् । गत वर्ष बाढी पहिरोले राजुको बङ्गुर फर्म सँगै ६ वटा घर बगायो । त्यो समयमा राजुले दिनको १५र१६ हजार आम्दानी गर्थिन ।
उनले फर्म सञ्चालन गरेको २ वर्ष भयो । तर, बाढीले फर्म बगाएपछि अहिले उनले भारी बोक्ने काम गर्छिन् । बाढीले कुखुरा र बङ्गुर बगाएको राजु बताउँछिन् । २९ वटा बङ्गुरमा १० वटा बाकी रहेको उनी भन्छिन् ।
उनले बाकी रहेका बंगुरको हेचहा गर्दै खालि समयमा भोरी बोक्ने गर्छिन् । उनका श्रीमानले मजदुरी काम गर्छन् । उनी भन्छिन्,‘पाँच वटा छोराछोरी छन् । उनीहरूको पढाइका लागि पनि श्रीमान् श्रीमतीले दुख गरिहरेका छौँ ।
त्यो बेला भरिया पेशा गरेकाहरू केहि मात्रामा भेटिन्छन् । धेरै जस्तो त्यस बेलाका भरियाहरू अहिले वृद्धावस्थामा पुगेका छन् । साथै, अहिले १०, १५ जना नयाँ भरियाहरू जितेगडामा पाइने गरेका छन्
ए.के. सञ्चार । २९ बैशाख २०८०, शुक्रबार ०८:५०