भारतको तमिलनाडुमा करेन्ट लाग्दा १० जनाको मृत्यु

काठमाडौं । भारतको तमिलनाडुमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ । तमिलनाडुको जन्जावुरमा एक मन्दिरको रथयात्राको क्रममा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको हो। वार्षिक उत्सवको क्रममा रथले हाइ भोल्टेज तारलाई छुँदा यो दुर्घटना भएको हो।

मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माभ्यामहरले जनाएका छन् । तिरुचिरापल्लीका सेन्ट्रल जोन आईसजी वी बालाकृष्णनका अनुसार यो घटनामा थप १५ जना मानिसहरु घाइते भएका छन्।