नयाँ सत्ता गठबन्धनका तीन सांसदले लिए मन्त्रीको शपथ

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका छन् ।

सत्ता गठबन्धनमा फेरबदलसँगै एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।