सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०\८१ को लागि वार्षिक बजेट तथा कार्यक्रम मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।
शुक्रवार (आज) बसेको मन्त्रिपरषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिएका छन् ।
अब आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आज तीन बजकोे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
ए.के. सञ्चार । १ असार २०८०, शुक्रबार १४:१५