वीरेन्द्रनगरमा ‘राष्ट्रिय कचहरी’ आजदेखि सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग अझै बढे गरेको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सुरु भएको ‘राष्ट्रिय कचहरी’ कोे उद्घाटन गर्दै जनताको माग र आवश्यकता बढ्दै जादाँ माग पुरा गर्नका लागि आफूहरुले अभ्यास गरिहरेको बताए । साथै, जनताका माग र आवश्यकता पुरा गर्न नसक्दा उनीहरुमा निराशा बढेके भनाइ राखेका थिए ।

उनले भने, ‘सङ्घीय व्यवस्था राम्रो भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा केही असन्तुष्टि उब्जेको छ । त्यसका लागि सुदृढीकरण आवश्यक रहेको छ ।,

यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले सङ्घीयता कार्यान्वयनमा आएको लामो समय भएपनि सोचेको जस्तो फल नपाएकको भनाइ राखिन् । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने बताइन् ।

साथै, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बजेट बिनियोजनको समयमा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार आउनेमा बताइन् । ढकालले भनिन्,‘तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको टिप्पणी गरिन् ।

यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा पोषणराज पाण्डेले वैदेशिक रोजगारका लागि दैनिक जसो दुई हजार देश बाहिर जाने अवस्थाले देशमा असर पर्ने धारण व्यक्त गरेका थिए ।


स्थानीय सरकार सवलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेसनल, वल्र्डभिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा सुरु राष्ट्रि«य कचहरी दुई दिनसम्म चल्नेछ ।