राराको सौन्दर्यसंगै निकुञ्जको सोभाव बढाइरहेका फूलहरु लोप हुँदै

सुर्खेत । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा राष्ट्रिय निकुञ्जभित्र प्रकृतिकको वरदान रारा तालको किनारमा रहेका राराको सौन्दर्यसंगै निकुञ्जको सोभाव बढाइरहेका वनस्पति र रैथाने फूलहरु पछिल्लो समय लोप हुन थालेका छन् । रारा राष्ट्रिय निकुञ्ज नेपालको पर्यटकको मुख्य केन्द्र मानिएको छ । निकुञ्ज भित्र खुल्ला चरीचराउ,चोरी सिकारी, वन फडानीे र सरोकारवालाको लापरवाहीले १ हजार २४ प्रजातिका वनस्पति, ४९ प्रजातिका हास, ५१ प्रजातिका स्तनधारी, २ सय ७२ प्रजातिका चराचुरुंगी, २५ प्रजातिका फूलहरु मध्ये केही संख्यामा लोप हुँदै जान थालेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज र रारा तालको किनारसम्म विगतमा धेरै प्रकारका फूल र वनस्पतिले रारा घुम्न आउने पर्यटकहरुको मन लोभ्याउँथे तर अहिले रारा तालको किनारसम्म निकुञ्ज र मध्यर्वीि क्षेत्रभित्रमा समुदायका मानिसका छाडा पशु–चौपाया र पुर्जी काटेर पशु चौपाया चराउन थालेदेखि फूललगाएत वनस्पति हराउनुका साथै राराको सुन्दरतामा समेत असर परेको छ ।

पहिला पहिला निकुञ्ज कार्यालयको निगरानी र कडाइका कारण रारा निकुञ्जमा विभिन्न वनस्पति र फूलहरु धेरै हुन्थे । पछिल्लो समयमा सरोकारवाला निकायको कमजोरीका कारण फूल, जडिबुटीलगायत वनस्पति लोप हुँदै गएका छन् ।