सुर्खेत । सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । बिहीवार कपुरकोट गाउँपालिका–३ चोरखोल नजिक गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ भने, एक जना गम्भिर घाईते भएका छन् ।
मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-४ का अन्दाजि ७० वर्षिय बालाराम डाङ्गी र उनका छोरा अन्दाजी-४० वर्षिय टोपलाल डाङ्गी रहेकाेे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए ।
घाइते हुनेमा गाडी साहु सल्यानको छत्रेश्वरी गाउँपालिका-६ का अन्दाजी ३३ वर्षिय महेन्द्र वली रहेका छन् ।
सल्यानबाट रोल्पाका लागि छुटेको रा १ ख ८३४ नम्बरको बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारका कारण बसमा करेन्ट लागेकोे प्रहरी प्रमुख केसीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
ए.के. सञ्चार । २१ असार २०८०, बिहीबार १३:५६