सुर्खेत महिला जेसीजको पद हस्तान्तरण, सीता भण्डारी सम्मानित

सुर्खेत । गत पौष १८ गते सम्पन्न सुर्खेत महिला जेसीजको ११ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष मनिषा कौशल लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ ।

नवनिर्वाचित बर्ष २०२२ का अध्यक्षलाई बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गले पद हस्तान्तरण गरेकी हुन् ।

नवनिर्वाचित अध्यक्ष कौशलले शनिबार नै संस्थाको महासचिव पदमा मीना गुरुङ्ग र कोषाध्यक्षमा रञ्जना बुढालाई चयन गरेकी छन् ।

त्यस्तै सुर्खेत महिला जेसीजको ११ औं वार्षिक साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल, उपाध्यक्षमा प्रमीला थापा सुगन पोखरेल, विन्दु पुरी र यशोदा खत्री चयन भएका थिए ।

यसैगरी, कार्यक्रममा उत्कृष्ट वर्ष जेसीज अवार्ड निवर्तमान महासचिव सीता भण्डारीलाई प्रदान गरिएको छ भने उनलाई उत्कृष्ट नारी सम्मान दिइएको छ ।

त्यस्तै, जेसीज क्रियाकलापमा सर्वाधिक संलग्नता अवार्ड कमला बस्याल र उत्कृष्ट जेसीज सप्ताह कार्यक्रम संयोजक अवार्ड रश्मी शाक्यलार्ई प्रदान गरी सम्मान गरिएको छ ।