घुस सहित पक्राउ परे तुल्सीपुरका प्रमुख प्रशासकीय अधिकृत

दाङको तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्ययलाई डेढलाख रुपैयाँ घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

दाङबाट काठमाडौं आउँदै गरेका उनलाई राजधानीको नागढुङ्गाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेलाई सम्पर्क गर्दा प्रमुख प्रशाशकीय अधिकृत उपाध्याय आज मात्रै काठमाडौं हिँडेको बताए ।

प्रशासकीय अधिकृत उपाध्यायलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

अख्तियारले महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको जनाइएको छ । बा २ झ ४०९९ नम्बरको ब्रेजा गाडी चढेर काठमाडौं आएका थिए ।