ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतकाे सिम्ता गाउँपालिका-६ जामुने बजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु छ भने एक घाइते भएका छन् ।

सुर्खेत देखि जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेकाे भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्युु हुनेमा वीरेन्द्रनगर नपालिका-३ का २९ वर्षीया विजय राना रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार माेटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-१ का २३/वर्षीय रुपश गिरीकाे अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

गिरीकाे उपचारका लागि प्रदेश अस्पताल कालागाउ सुर्खेत ल्याउदै गरिकाे डीएसपी शाहीले जानकारी दिए ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।