सुर्खेतमा मिनि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा मिनि बस दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ ।

साेमवार दिउँसो दैलेखकाे भुकाबाट वीरेन्द्रनगर आउदै गरेकाे कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

बाकी बसमा सवारहरू मध्ये घाइतेहरुकाे कर्णाली प्रदेश अस्पताल र कर्णाली कियरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

बसमा सवार २५ जना मध्ये १८ जनालाई उपचारका लागि हस्पिटल पुर्‍याइरहेका छौँ उनले भने,` मृतकको पहिचान खुलेको छैन घाइतेहरूको विवरण सङ्कलन हुँदैछ ।’