वीरेन्द्रनगरमा जिप दुर्घटना अप्डेट: मृतकको पहिचान खुल्यो

सुर्खेत। सुर्खेतबाट कालिकोटतर्फ जादै गरेको जिप दुर्घटनामा मृत्युु हुनेकाे पहिचान खुलेको छ ।

मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–३ का ४० वर्षीय तन्त बिक, उनका छोरा १७ वर्षीय वीरेन्द्र विक र दैलेखको भैरवी गाउँपालिका- ४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, घाइते हुनेमा कालिकोट शुभकालिका गाउँपालिका-३ का वडा नरी कामी र खाँडाचक्र नगरपालिका- ९ पाँखाका नरेन्द्र विष्ट घाइते भएका छन्। घाइते विष्ट जिप चालक हुन् ।

दुर्घटनामा मृत्युहुनेहरु सबै भारतबाट रोजगारी गरेर घर फर्किँदै गरेका मजदुर रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गलामा
१ च २५६० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना भएको थियाे ।

जिप सडकबाट अन्दाजी तिन सय मिटर तल जिप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । घाईतेहरुकाे प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।