कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आह्वान गरिएको छ ।

बिहीबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम जेठ १० गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।