मुगुको दार्मा केन्द्रबिन्दु भएर गयो भूकम्प

मुगु । मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर आज विहान ४ बजेर ४० मीनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।