कालिकोट । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ।
क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपा शाहीले ५३ मत प्राप्त गरिन्।

सचिव पदमा खगेन्द्र पाण्डे ७१ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी उमेश शाहीले ५७ मत ल्याए।
त्यस्तै, कोषाध्यक्ष पदमा मिना शाही ६३ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी दुर्ग शाहीले ६२ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार सर्मिला शाहीले भने ३ मत प्राप्त गरेकी छन्।
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।

ए.के. सञ्चार । १७ चैत्र २०८१, सोमबार २१:४६