काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन भएको छ।
परिवारका सदस्यहरुका अनुसार काठमाडौँको लैनचौरस्थित आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।

लमजुङको पुस्तुन गाउँमा विसं १९७६ साल असोज ७ गते जन्मिएका घिमिरे नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म कविता लेखनमा सक्रिय थिए ।
नेपाली पद्य कवितामा लोकप्रिय घिमिरेका अधिकांश कविता प्रकृतिको वर्णन, राष्ट्रप्रेम र जन्मभूमिको सम्झनामा आधारित छन् ।

ए.के. सञ्चार । २९ श्रावण २०७७, बिहीबार ०८:४४