काँग्रेसबाट खाडाचक्र नगरपालिकाकाे नगर प्रमुखमा शाह चयन

कालीकाेट । कालीकाेटकाे खाडाचक्र नगरपालिमा नेपाली काँग्रेसबाट नगर प्रमुखमा तारा शाह चयन भएकि छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि शाहलाई नगर प्रमुखमा चयन गरेकाे हाे ।

नेपाली कांग्रेस खाँडाचक्र नगरकार्य समितिले नगरपालिका भित्रका ११ वटै वडा सभापति तथा नगर कार्यसमितिका पदाधिकारीहरुको भेला गरि नगर प्रमुखमा शाहलाई एकल चयन गरेको हो ।

नेपाली कांग्रेसकी महासमिति सदस्य, सफल निर्माण व्यवसायी, समाजसेवी शाह खाँडाचक्र नगर प्रमुखमा एकल चयन भएकि हुन् ।

कांग्रेसले खाँडाचक्र नगरपालिका उप प्रमुखमा नेत्र शाही, भरत बहादुर मल्ल र रक्षा तिमिल्सेना (शाही) गरि तीन जनाको नाम सिफारिस गरेको छ ।