नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।