सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

सेरेना डानिले कोलिन्स पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेकी हुन् । ३९ वर्षीय सेरेनाले कोलिन्सलाई ६–६ र ६–४ ले पराजित गरेकी हुन् ।
सातौं वरीयतामा रहेकी सेरेनाले अब काजकिस्तानकी एलिना रेबिकासँग खेल्ने छिन् ।

२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले तीन पटक फ्रेन्च ओपन जितेकी छिन् । यस्तै, पुरुषतर्फको खेलमा रुसका डेनील मेदभेदेव पनि चौथो चरणमा पुगेका छन् ।

दोस्रो वरीयताका डेनीलले रेली ओपेल्कालाई ६–४, ६–२ र ६–४ ले पराजित गरे । यस्तै, जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ पनि चौथो चरणमा प्रवेश गरेका छन् ।