इन्डियन प्रिमियर लिगमा चेन्नईमाथि पन्जाब किङ्सको जीत

काठमाडौं । वैशाख १३ गते
पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चौंथो जीत हात पारेको छ । गएराति मुम्बईमा भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको थियो । नवौं स्थानको चेन्नईकोयो छैटौं हार हो ।

 

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउएको थियो । पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो भने
छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ ।चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।