काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै, फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।