प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई तय

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । फागुन २ गते बोलाइएको बैठक दुई दिन पर सरेको हो । संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, (नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । बैठकमा प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो ।