२ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि , २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२४ घन्टामा नमुना परीक्षण गरिएकामध्ये २१ दशमलव १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ७ लाख २७ हजार १ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप २४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६ सय ६१ जना पुगेको छ ।