हमालको मृत्युको बिषयलाई लिएर वीरेन्द्रनगरमा यातायात बन्द

सुर्खेत । कालीकोटका व्यापारी कृष्ण हमाल मिनी को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार सुर्खेतको वीरेन्द्रनगरमा यातायातका साधन बन्द गरिएको छ ।

मृतकका आफन्तहरुले यातायातका साधनसहित बजार बन्द गरेका छन् । यातायातका साधन बन्द भएसँगै यात्रुहरु अलपत्र परेका छन् ।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका हमालको प्रहरीको निर्घात कुटाइबाट मृत्यु भएको आफन्तको आरोप छ । यद्यपि, सुर्खेत प्रशासनले भने घटनाको छानविनका छानबिन समिति गठन गरेको छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तम प्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। उक्त, समितिले ३ दिनभित्र छानविन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने छ ।