कैलाली । कर्णाली नदीमा बेपत्ता भएको जीप फेला परेको छ । तर जीपमा रहेका प्रकाश जोशी र रुवी जोशीको अवस्था भने अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
हिजो कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा बा ११ च ९३८ नम्बरको जीप खसेको थियो ।
जीप टुक्राटुक्रा भएको अवस्थामा फेला परेकाले निकाल्ने क्रम चलिरहेको छ । आज पनि बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरीको टोलीले फेरि जोशी दम्पतीको खोजीको काम गरिरहेको छ ।
दुर्घटनामा परेर घाइते भएका जोशी दम्पतीका तीन छोराछोरी १३ वर्षकी लक्ष्मी, ४ वर्षकी सावित्री र ३ वर्षका भुुवनको नेपालगञ्जमा उपचार भइरहेको छ । भुुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ए.के. सञ्चार । १६ श्रावण २०७८, शनिबार १०:४२