प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी

  ।   १४ आश्विन २०७८, बिहीबार १३:२१

काठमाडौं :संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध कायमै राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले निरन्तर संसद्‍ अवरोध गर्दै आएको छ।

एमालेको अवरोधपछि सभामुखले निरन्तर संसद अगाडि बढाउन आग्रह गरिरहेका छन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

Next Post

राष्ट्रियसभाको बैठक एक दिनपछि सारियो, असाेज १८ मा बस्‍ने

१४ आश्विन २०७८, बिहीबार १३:२१
काठमाडौं : राष्ट्रियसभाको बैठक एक दिन पछि सारिएको छ। आगामी १७ गते बस्ने भनिएको बैठक १८ गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो। संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, ‘राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न […]