इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस

काठमाण्डाै । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।

वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।

अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।