रियल म्याड्रिड तिरास्पोलसँग पराजित

काठमाडौं : स्पेनिस जाइन्ट रियल म्याड्रिड च्याम्पियन्स लिगको डेब्यू क्लब शरिफ तिरास्पोलसँग अप्रत्यासित रुपमा पराजित भएको छ। पुर्वी युरोपियन देश माल्दोभाको तिरास्पोलले रियललाई उसकै मैदानमा २-१ ले पराजित गरेको हो।

१३ पटकको युरोपियन च्याम्पियन रियल जारी सिजनमा समूह डी मा रहेर प्रतिस्पर्धा गरिरहेको छ। जहाँ रियल म्याड्रिड मंगलबार राति शरिफ तिरास्पोलसँग २–१ ले पराजित भयो। २५ औँ मिनेटमा याख्शिबोएभले गोल गरी शरिफलाई अग्रता दिलाए।

६५ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले रियल म्याड्रिडलाई बराबरीमा ल्याए। तर खेल सकिन एक मिनेट बाँकी रहँदा सेबास्टियन थिलले शरिफका लागि विजयी गोल गरेपछि घरेलु समर्थक स्तब्ध भएका थिए।

लगातार दुई जित निकालेको शरिफ ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। शरिफले यसअघि पहिलो खेलमा शख्तर डोनेस्कलाई २-० ले पराजित गरेको थियो। तीन अंकसहित रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ। सोही समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कसँग गोलरहित बराबरी खेल्यो।

मंगलबार राति भएका अन्य खेलमा अयाक्सले बेसिक्टासलाई २-० तथा बोरुसिया डर्टमण्डले स्पोर्टिङ्गलाई १-० ले पराजित गरेको हो। रियलले यसअघि आफ्नो पिहिलो खेलमा इन्टरमिलानलाई १-० ले पराजित गरेको थियो।