आज देशभरको मनसुनी वायुको सक्रिय, कर्णालीका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

 

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलो तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

त्यस्तै महाशाखाले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

 

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।