मैले एमसिसी संशोधन हुँदैन भनेको छैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले एमसिसी संशोधन हुन सक्दैन नभनेको स्पष्टीकरण दिएका छन्। अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भएर फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले भने, ‘हामीले भदौ २०७४ मा हस्ताक्षर गरिसकेका छौँ।

हस्ताक्षर गरेपछि संशोधन गर्नुपर्छ भन्ने कुरा पनि उठिरहेको छ।’ एमसिसी सम्झौतामा हस्ताक्षर भइरहेको भएकाले संशोधन गर्न ‘नमान्लान् कि’ मात्रै भनेको प्रष्ट पारे। उनले भने, ‘एमसिसीबारे हामीले उठाएको प्रश्नमा अरू देशले पनि त्यही कुरा उठाउलान् भन्ने कुरा गरेको उठेका थियो।

तर, मैले संशोधन हुन सक्दैन भनेको होइन। मिडियाहरूले हुनै सक्दैन भनेर बाहिर लेखिदिएछन्।’ बैठकमा नेपालका चासो, चिन्ता र हितका विषयहरू उठाएको बताएको समेत बताए।