कर्णालीबाट काँग्रेसको ३१७ जना महाधिवेशन प्रतिनिधि छानिए

सुर्खेत । कर्णाली प्रदेशबाट नेपाली काँग्रेसको ३१७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।