बराहतालको सभापतिमा भण्डारीको चर्चा


सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा कर्णाली प्रदेशका जिल्ला र स्थानीय तहहरुमा पनि महाधिवेशनको चुनावी सरगर्मी बढेको छ । पार्टीको जिल्ला सभापति, गाउँपालिका सभापति र वडासभापति कसले हत्याउने भन्ने होडबाजी पार्टीभित्र सुरु भएको छ ।

सुनसान बनेका गाउँपालिका–नगरपालिकाहरुमा काँग्रेस नेता–कार्यकर्ताको आवत–जावत बाक्लिँदैछ । यस्तै सुर्खेतका अन्य स्थानीय तह जस्तै बराहताल गाउँपालिकालाई पनि विशेषरुपमा हेरिएको छ । गाउँपालिकाको सभापतिमा पनि धेरैको दावी रहेको छ ।

दुईवटा प्यानल मध्ये खड्का प्यानलका बलिया उम्मेदवारका रुपमा भिम बहादुर भण्डारीको नाम पनि चर्चामा छ । खड्का प्यानलमा लामो समयदेखि इमान्दार रुपमा काम गरिएका भण्डारी युवाहरुका लोकप्रिय छन् ।

समाजमा सानो होस् या ठुलो समस्या परेका ठाउँमा तत्काल पुगेर आवश्यक सहयोग र समन्वय गर्ने भएकोले पनि पछिल्लो पुस्ताले उनलाई रुचाएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

पार्टीमा इमान्दार, लगनशिल र चर्चित युवा नेता मध्ये भण्डारी परेकोले अगामी महाधिवेशनमा उनलाई गाउँपालिकाको पार्टी सभापतिको बलियो उम्मेदवार मानिएको छ ।