काेराेनाका ७६० जना संक्रमित थपिए, ११ काे मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७ सय ६० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ३१ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ७ सय ६० जना संक्रमित भेटिएका हुन। यस्तै आज ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

आज ८ सय ९९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने हाल देशभर १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।