अहिले राजनीतिमा परिवर्तन गर्नु हाम्रो मूल बाटो र कर्तव्य हो–विश्वप्रकाश शर्मा

काठमाडौं । देशमा जसरी विकाश हुनुपर्थ्यो त्यो हुन नसकेको नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कारण राजनीति प्रति मानिसमा अलि बढी निराशता छाएको उनको भनाई छ ।

मुलुकमा गणतन्त्र आएपछि देश जसरी विकाश हुनु पर्दथ्यो त्यो हुन नसक्दा मानिसमा निराशता छाएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले हिजो राजनीति परिवर्तन र अहिले राजनीतिमा परिवर्तन गर्नु आफुहरुको मूल बाटो र कर्तव्य भएको जिकिर गरेका छन् । उनले भने लिखित रूपमा छलफल गरेरै आएको यो हामीले नै गर्ने हो । राजनीतिलाई हेर्दा समग्रतामा छुटाएर हेर्नुपर्छ । त्यहाँका दलहरूलाई पनि छुटाएर हेर्नुपर्छ । राजनीतिलाई सही बाटोमा लानुपर्छ ।