नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले मंसिरमा हुन लागेको दशौँ महाधिवेशन प्रतिनिधिसहितका विभिन्न प्रस्ताव पारित गर्दैछ।
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएको थियो। त्यसलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने भएको छ। एमालेले वडा र पालिका अधिवेशनको समीक्षा पनि गर्ने भएको छ।
ए.के. सञ्चार । १२ कार्तिक २०७८, शुक्रबार १४:१५