अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाली सिने जगतका दुई कलाकार अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्काले आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अप्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई अभिनेता नीर शाहले कांग्रेस प्रवेश गराउन सहयोग गरेका थिए ।अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर पछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । यसअघि उनी नेकपा एमालेमा आबद्ध थिए ।

पछिल्लो समय व्यवसायमा सक्रिय अभिनेत्री श्वेता खड्काले गरेको अन्तिम फिल्म कान्छी हो । त्यसपछि उनले कुनै फिल्म गरेकी छैनन् । अभिनेता खड्का भने पूरानै कलाकार हुन् । अहिले उनी कलाकार संघमा आबद्ध छन् ।