कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएस पढाइ हुने 

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएको छ ।

प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए ।

प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए ।

निमित्त उपकुलपति डा थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा रहेकाे बताए । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन् ।