माओवादीबाट तिलागुफाकाे नगर प्रमुखमा चंदारा र उपप्रमुखमा थापा चयन

कालीकोट | कालीकाेटकाे तिलागुफा नगरपालिकामा माओवादीबाट नगरप्रमुखमा युवा नेता दिनेश चंदारा (दिग्दर्शन) र उपप्रमुखमा गिता कुमारी थापा चयन भएका छन् ।


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चंदारा र थापा सर्वसम्मत चयन भएका हुन् ।

पार्टीकाे लामो समय सम्म चलेको छलफलले चदारा र थापालाई चयन गरेकाे हाे ।

यस अघि ५ जना भन्दा बढी उम्मेदवारकाे दाबी रहेको भएपनी अन्य नेताहरु सहमतिमा आएपछि सर्वसम्मत चयन गरेकाे नेकपा माओवादी केन्द्र तिलागुफा नगर कमिटीले जनाएको छ ।