सुर्खेतमा भोली ८ घन्टासम्म विद्युत अवरुद्ध हुने

सुर्खेत । सुर्खेतमा भोली (शनिबार) ८ घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ ।

विहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ ।

बुदबुदी सवस्टेशन बाट वितरण हुने पिपिरा फिडर अन्र्तगत सवस्टेशन देखि खजुराको वाटो तल्लो पट्टी, मंगलगढी चोक देखि गणेशचोक सम्म र सवस्टेशन देखि पिपिरा, धुुलियाबिट, रहरपुर, सानो सुर्खेत हुदै तिलपुर सम्म ११ केभी लाईनको वुसकटिङ कार्य, रुखका हांगाहरु काट्नुपर्ने र लाईन मर्मत गर्नुपर्ने भएका कारण अवरुद्ध हुने भएको हो ।

मर्मत र रुखका हांगा काट्दा ८ घन्टासम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका वितरण केन्द्र प्रमुखले जानकारी दिए ।