सह–महामन्त्रीमा उपेन्द्र बहादुर थापा, एकराज डाँगी र महिलातर्फ रामछाँया कुमारी शाही विजय

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सह–महामन्त्रीमा उपेन्द्र बहादुर थापा, एकराज डाँगी र महिलातर्फ सह–महामन्त्रीमा रामछाँया कुमारी शाही विजय भएका छन् । थापाले ४३०, डाँगीले ४५९ र शाहीले ४२४ मत प्राप्त गरी विजय भएका हुन् ।

विजय तीनै जना संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् ।

सह–महामन्त्रीका प्रतिस्पर्धी जयनन्द उपाध्याय (जयस)ले २६२, नेत्रलाल पौडेलले २७६ र देविका कुमारी सिंहले ३९२ गरी पराजीत भएका छन् ।

साथै, प्रदेश सभापतिमा ललितजंग शाहीले ४२२ मत र उपसभापतिमा काली बहादुर सहकारीले ४५६ र सनत कुमार कार्कीले ४४३ मत प्राप्त गरी विजय भएका छन् ।

यसैगरी महामन्त्रीमा निरञ्जन केसीले ४२५ र कृष्ण बहादुर रोकायले ४२३ मत प्राप्त गरी विजय भएका छन् ।