वीरेन्द्रनगरमा मोटरसाईकल एक आपसमा ठोक्कीदा तीन जना घाइते

सुर्खेत । वीरेन्द्रनगरको मुलपानी टेम्पोपार्कतर्फ जाँदै गरेको मोटरसाईकल एक आपसमा ठोक्कीदा तीन जना घाइते भएका छन् । प्रदेश २०३-०१९ प ७७५४ नम्बरको मोटरसाईकललाई कर्णाली प्रदेश ०२–००१ प ९७०४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो ।

दुर्घटनामा दुल्लु नगरपालिका–११ का ३२ वर्षीय काँशीराम सुनार, चामुण्डाविन्द्रसैनी नगरपालिका–५ का १९ वर्षीय कृष्णबहादुर शाही र सोही ठाउँका २१ वर्षीय रामबहादुर शाही घाइते छन् ।

सुनारको कर्णाली केयर अस्पताल र अन्य दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । सुनारको बाँया हातको एक औंला काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । फोरलेनमा गुडिरहेका सवारीहरुको निगरानी नगरेर भित्री सडकबाट स्पिडमा आउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।