सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन पुस २८ गते बुधबार बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन हिउँदे अधिवेशन पुस २८ गते बुधबार आव्हान गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलका अनुसार नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले पुस २८ गते बुधबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरेका हुन् ।
ए.के. सञ्चार । २३ पुष २०७८, शुक्रबार ११:५३