नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार (आज) विज्ञप्ति जारी गर्दै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।