सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेत वीरेन्द्रनगरमा एमसीसी विरुद्धमा साेमबार (हिजाे) विरोध प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेकाे छ ।
प्रशासनले हिजाे (सोमबार) बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।
ए.के. सञ्चार । १७ फाल्गुन २०७८, मंगलवार १५:१७