पाँच बर्षको अवधिमा सबै कुराले भरिपूर्ण रह्यो: अध्यक्ष बम (भिडियाे)

कालीकोट । कर्णालीको प्रदेशको कालीकोटस्थित पलाँता गाउँपालिका । कालीकोट जिल्लाकै नमुना पालिका निर्माण गर्ने अभियानमा जुटेका देखिन्छन् यहाँका जनप्रतिनिधि । भौतिक विकास निर्माण र सामाजिक सुधारमार्फत पालिकालाई समृद्ध बनाइने जनप्रतिनिधिको भनाइ छ । निर्वाचित भएपछि हालसम्म जनप्रतिनिधिले के काम गरे ? काम गर्दा कस्ता चुनौती आइपरे ? अबको योजना के छ ? यही विषयमा केन्द्रीत रहेर हामीले पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम सँग कुराकानी गरेका छौं ।

पाँच बर्षको अवधि कस्तो रह्यो ?
दुख, कष्ठ, रमाइलो, खुसी यी सबै कुराले भरिपूण रह्यो ।

पलाँतालाई कस्तो बनाउनु भयो ?
पलाँतालाई हर्ने नजर परिर्वतन भयो । पलाँताको नामाकरण आफैले राख्न सफल भए । पलाँता पनि गाउँपालिका रहिछ, ठाउँ रहिछ भनेर देशभरि नाम चिनाउन सफल भए । हिजोको दिनमा घृणाकै रुपमा हेरिएको पलाँताको मुहार परिर्वतन गरिएको छ । हिजोको घृणित पताँलालाई हर्ने नजर अहिलेको पलाँतालाई सबैले हाईहाई गर्ने भएका छन् ।

तपाई पटक पटक विबादमा पर्नु हुन्छ कारण के हो ?
केही अमुख व्यक्तिहरुको बिचबाट बिवादित भएको हो । बिचौलियाहरुले गर्दा पाउनु पर्ने सुविधा नागरिकले पाएन । भत्ताका लागि मात्रै राजनितिक गर्ने, चियाका लागि राजनितिक गर्ने, जिवन निर्भाहका लागि राजनितिक गर्नेहरुले बिरोध गर्दा विबादमा पर्ने गरेको हो । केहि कुरा सिक्न पर्छ भने बिकास निर्माणका कुुरा, निति निर्माणका कुरा, काम गर्न शैलि, व्यवस्थापनका कुरा सिक्न पर्छ भने पलाँताबाट सिक्न पर्छ । विबाद भन्ने कुरा स्वभाविकै हो । नेपाली राजनितिकमा व्यक्तिलाई सपोट गरेर सफल बनाएर अगाडि बढौं भन्ने चेतना छैन् । यो व्यक्तिलाई जसरी भए पनि तहसनहस गरेर त्यो ठाउँ खालि राख्न पर्छ भन्ने मात्रै सोचाई छ ।

पाँच बर्षको समयमा के कति योजनाहरु सम्पन्न गर्नु भयो ? कसरी काम गर्दै हुनुहुन्छ ?
भौतिक निर्माणमा दक्ष, अर्धदक्ष, वेरोजगारहरुलाई परिचालन गर्ने गरि काम गरेका छौं । सामाजिक बिकासमा दक्ष जनशक्ती प्रयोग गरेर शिक्षा, स्वास्थ्य, बिद्युत, खानेपानि, सरसफाई, स्वच्छता, छुवाछुत, विवेदलाई पनि प्राथामिता दियौं ।

विकास निर्माणका योजनामा उपभोत्ता समिति र ठेक्का प्रणालीमध्ये कसलाई प्राथमिकता दिनु भयो ?
ठेक्का प्रणालीबाट काम ढिलो हुने भएकाले उपभोक्तालाई प्राथामिकता दियौं । ठेकादारले फाइदा लिने र उपभोक्ता ठगिने हुदा उपभोत्तालाई प्राथाकिता दियौं ।

पलाँताको विकासलाई हेर्दा तपाई निर्वाचित हुनुपहिला र अहिलेमा के फरक छ ?
स्वच्छ खानेपानि, पुल, यातायात, सडक, हरियालि वन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उधोग, सरसफाइ तथा वातावरण संरक्षणमा काम गरेका छौं ।

तपाईले आफ्ना नजिकका व्यक्तिलाई मात्रै स्थान दिने गर्नु भएको छ रे नि ?
लाइन बस्दा अगाडिको व्यक्तिले पालो पाएको हो । तर पछाडि लाइनमा बसेकाले पनि स्थान पाउनु पर्छ ।

पलाँताबासी कृषिमा आत्मनिर्भर छन् कि छैनन्, यदि छैनन् भने के कस्ता कार्यक्रम ल्याउनु भएको थियो ?
पलाँताका जनता कृषिमा ७० प्रतिशत आत्मनिर्भर भएका छन् । ३० प्रतिशत मात्रै बाहिरबाट आयात हुने गरेको छ । बिभिन्न तरकारी खेति, फलफुलका बिरुवाहरु लगाएका छौ । अबको पाँच बर्ष पछि कृषिमा एक प्रतिशित नै आत्मनिर्भर हुने बिश्वास छ ।

बेरोजगार युवायुवतीलाई लक्षित गरी स्वरोजगारमूलक के कस्ता कार्यक्रम संचालन गुर्न भयो ?
सिपमूलक कार्यक्रम संचालन गरेका छौं । उत्पादनमा पनि समूहका रुपमा काम गरेका छौं । प्राविधिक बिषय पढेकाहरुलाई तलबका रुपमा राखेका छौं ।

जनप्रतिनिधि र कर्मचारी बिचको समन्वय कस्तो छ ?
नङ्ग र मासुको सम्बन्ध रह्यो ।

विकासका काममा जनप्रतिनिधिलाई अगुवाइ गर्न के कस्ता चुनौती छन् ?
काम गर्दा चुनौती धेरै आएका छन् । हामी तिनलाई पन्छाउँदै अगाडी बढिरहेका छौं । बजेट र दक्ष जनशक्तिको अभावले काममा समस्या भएका छन् । हामीले पनि सबै राम्रो गरेका छौं भन्ने छैन । केही कुरा नजानेर बिग्रका पनि हुन सक्छन् । जसले काम गर्छ उसैले बिगार्छ ।

नागरिकका के- कस्ता गुनासो आउँछन् र कसरी अघि बढ्नु भयो ?
कसैले अनुरोधले, कसैले धम्कीपूर्ण, कसैले गालीका रुपले गुनोसो गरे । जनताको खुसि, रिस, डाहा, असन्तुटिहरुलाई सन्तुष्टिमा लैजान हामीलाई जनप्रतिनिधि बनाएको हो । आफुले सकेको र नसकेको काम कुरा माथि पुराएर भएपनि जनताको गुनासाको सामाधान गरेको छौं ।

तपाईको कार्यकाल सकिदै छ । फेरी पनि चुनाव लड्ने सोचमा हुनुहुन्छ कि नाई । हुनुहुन्छ भने के कस्तो पदमा चुनाव लड्ने सोच्नु भएको छ ?
राजनितिक कर्मी भएको हुनाले चुनावबाट डराउने कुरा भएन । चुनावमा सफल भएको व्यक्ती भएको हुनाले चुनाव देखि डराउने थाक्ने भन्ने छैन । अध्यक्ष पदमा १ प्रतिशत दोहोरीने र ९९ प्रतिशत नदोहोरीने पक्का रहेको छ ।

भिडियाे सहित