बाँकेमा ३ दिनका लागि निषेधाज्ञा

  ।   १८ श्रावण २०७७, आईतवार १३:२८

नेपालगन्ज । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

नेपालगन्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले ३ दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यक रूपमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन् ।

बाँकेमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ ।

Next Post

विश्वकै लामाे झोलुंगे पुल बनेपछि १ घन्टाको बाटो १० मिनेटमै

१८ श्रावण २०७७, आईतवार १३:२८
काठमाडाैं । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएकोसमेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे […]