सुर्खेत । नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा टंकप्रसाद लामिछाने निर्वाचित भएका छन् । संगठनको मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले लामिछानेलाई प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा पूर्णबहादुर थापा, गंगबहादुर आरसी र चम्पा वली, महासचिवमा राजेश आचार्य, सचिव मनोज केसी, राजेन्द्रप्रसाद पोखरेल र श्रृष्टि शर्मा, कोषध्यक्ष दिनेश दाहाल तथा सदस्यहरुमा डिलाराम चपाई, टोपजंग खत्री, हरि महत, विरमान बोहरा, रुन सेजुवाल, केशवराज न्यौपाने, दिलिप न्यौपाने, टोपबहादुर बयक, मन्दिरनाथ योगी, खडकराज मल्ल, विवेक श्रेष्ठ, जगत विक, हृदयश न्यौपाने, कृष्ण कुमार विसी, प्रकाश नेपाली, सावित्री थापा, मानबहादुर रावत, देवी पोखरेल, शेरबहादुर बोहरा र पर्शुराम काफ्लेलाई निर्वाचित गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले पद तथा गोपनियता शपथग्रहण गराएका हुन् । उनले नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई कर्मचारीको हक, हित अधिकार प्राप्तिका लागि निरन्तर जुट्न आग्रह गरे ।
ए.के. सञ्चार । २३ चैत्र २०७८, बुधबार १५:३२