जाजरकोटमा प्रहरीले बैकिंक सम्बन्धि कसुर मुद्दामा एक पक्राउ

सुर्खेत । जाजरकोटमा प्रहरीले बैकिंक सम्बन्धि कसुर मुद्दामा एक पुरुषलाई पक्राउ गरेको छ। जिल्लाको भेरी नगरपालिका–१३ का ३८ वर्षीय लोकबहादुर रोकायलाई पक्राउ गरेको हो।

रोकायलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासको मिति २०७९।०७।०३ गतेको आदेशले बैंकिङ सम्बन्धि कसुर मुद्दामा पक्राउ गर्न अनुमति दिएको थियो।

प्रहरी चौकी कुदु जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बुधबार रोकायलाई आफ्नै घरबाट पक्राउ गरेको हो। प्रहरीले रोकायलाई पक्राउ गरि ईलका प्रहरी कार्यालय कोहलपुर बाँकेको जिम्मा लगाइएको छ।