कालीकोटमा टाइफाइड विरुद्धको खाेप भाेलि देखि लगाइदैँ

कालिकोट । कालीकाेटमा टाइफाइड विरुद्धको खोप शुक्रबार भोली देखी खाँडाचक्र नगरपालिकाबाट सुरु हुने भएको छ ।

१५ महिना देखी १५ वर्ष उमेर समुहका बालवालिकालाई खाँडाचक्र नगरपालिकाले भोली देखी खाेप लगाउने भएको हाे ।
यस्तै ९ वटै स्थानिय तहमा वैशाख २५ गतेसम्म खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा भएको थियो ।

खोप सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा कालीकोटका ६१ हजार बढी बालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको नि. स्वास्थ्य व्यवस्थापक डाक्टर रत्नविर सुनारले जानकारी गराए ।

डाक्टर सुनारका अनुसार कालीकोटमा १२ हजार भाइरल खोप पुगिसकेको र, यसको लागी सवै सयन्त्र गठन गरेर खोप अभियान सुरु गर्ने बताए ।